यी ८४ दल भिड्दैछन् चुनावी मैदानमा (सूचीसहित)


काठमाडौं – आगामी मंसिर ४ गते हुन गइरहेको संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन् ।

आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ ।

यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजबाटै जाँचबुझ सुरु गर्ने भएको छ । राजनीतिक दलले पेश गरेका कागजपत्र सही छन कि छैनन हेर्ने र नपुग कागजपत्र मगाउने काम आयोगले गर्नेछ ।

प्रतिक्रिया