प्रचण्ड भन्छन्– ओली खलनायक हुन्, सडकबाट फैसला सुनाउने बेला आयो


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओली खलनायक भएको बताएका छन्। उनले बच्चा रहेको गणतन्त्र र संविधानको हत्या गरेको पनि बताए।

सोमबार अखिल नेपाल महिला संघलाई सम्बोधन गर्दै उनले जनताले आफ्नो फैसला सुनाउने बेला आएको र त्यसले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई पनि फैसला गर्न सजिलो हुने बताए।

‘ढिलो गर्न नहुने भयो, लक्षण गतिलो देखिएको छैन। जनताको अदालतबाट फैसला गर्ने बेला आयो’, प्रचण्डले भने,‘आन्दोलनका लागि महिलाहरूले पनि सक्रिय हुनुपर्ने बेला आयो, क्रान्तिमा महिलाको भूमिका निर्णाय छ।’

उनले अगाडि भने,‘गणतन्त्ररुपी बच्चालाई हामीबाट खोसेर मार्ने षड्यन्त्र गरिँदैछ, हामी हेरेर बस्न सक्छौं? जनअदालतमा फैसला सुनाउने दिन आयो । गते देशभर र विशेषगरी काठमाडौंको सडकबाट हाम्रो फरियाद, अन्तरआत्माको आवाज सुनाउन चाहन्छौं।’

प्रतिक्रिया