
कांग्रेसले जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिने
काठमाडौँ- नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको छ।
कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख/उपप्रमुखदेखि जिसस प्रमुख/उपप्रमुखलाई काठमाडौँमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो।प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन्।



कागजपत्र |
