
राष्ट्रपतिलाई महाअभियोग लाउनुपर्छ : मनिष सुमन
काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा)का नेता मनिष सुमनले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिलाई महाअभियोग लाउनुपर्ने बताएका छन्। उनले पाँच लाख नागरिकमाथि आघात पुग्ने गरी गरिएको यो निर्णयले राष्ट्रपति कुनै दलबाट परिचालित भएको आरोप लगाए।
‘राष्ट्रपति एमालेकै कार्यकर्ता हुनुभयो। उहाँ राष्ट्रपति बन्न सक्नुभएन,’ सुमनले भने,‘उनकै पार्टीले अद्यादेश बनाएर लैजाँदा १५ मिनेटमा पारित हुने। दुवै सदनले पारित गरेर पठाउँदा १५ दिनपछि फिर्ता गर्ने?’ सुमनले एमालेले विधेयकको विपक्षमा मत हालेकाले नागरिकता विधेयक फिर्ता भएको बताए।



कागजपत्र |
