

एमाले सचिवालय बैठक सुरु

जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ ।
सत्तारुढ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिन लागेको छ । तर, हालसम्म गठबन्धन र तालमेलको निर्णय गरिनसकेको एमालेले चुनावी तयारी र रणनीति बनाउने विषयमा छलफल गर्न सचिवालय बैठक राखेको हो ।

