

दुई जना मृत अवस्थामा फेला

कैलालीको धनगढी उपमहानगरपालिका–१३ श्रीलंकास्थित सडक छेउमा गोदावरी नगरपालिका–५ बस्ने ५५ वर्षीय केशब बिक बुधबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङको शिद्धलेक गाउँपालिका–४ कुईनेटारस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

