इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. पाण्डे मन्त्रालयमा तानिए


काठमाडौं – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्व हेरफेर भएको छ । महाशाखाको नयाँ निर्देशकमा कान्ति बाल अस्पतलाको निर्देशकको जिम्मेवारी सम्हालिरहेका डा. कृष्णप्रसाद पौडेललाई नियुक्त गरिएको छ । महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डेलाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ ।

डा. पाण्डे मन्त्रालयमा कुन जिम्मेवारीमा रहने भन्ने टुंगो लागिसकेको छैन । डा. पाण्डेले बाह्रखरीसँग भने, “मन्त्रालयमा कुन विभागमा रहने भन्नेबारे मलाई समेत थाहा छैन, म मन्त्रालयमा हाजिर भइसकेको छैन ।” 

प्रतिक्रिया