इटालीमा १०१ वर्षकी महिलाले जन्माइन् बच्चा


इटाली – संसारमा धेरै कम व्यक्ति लामो आयुसम्म जिवित रहन्छ । त्यसमा पनि उनले त बच्चा नै जन्माएकी छिन् । इटालीमा एकजना ‘अनातोलिया व्हर्टाडेला’ नाम गरेकी १०१ वर्षकी महिलाले बच्चा जन्माएकी छिन् । समाचार माध्यममा बताइएअनुसार १०१ वर्षको उमेरमा जन्मिएको यो बच्चा उनको कोखबाट जन्मिएको १७औं सन्तान हो । 

सामान्यतया मानिसको सरदर आयुभन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७औं बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् । 

युरोपेली युनियनको नियमानुसार अण्डाशय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो । १०१ वर्षीया यी महिलाले आफ्नो १७औं बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम ‘फ्रांसिस्को’ राखेकी छिन् । 

प्रतिक्रिया