

गठबन्धन गर्ने दलले एउटै चिह्नबाट चुनाव लड्न पाउने

काठमाडौं- गठबन्धन गरेका दलले एउटै चुनाव चिह्नबाट चुनाव लड्न पाउने भएका छन्। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ अनुसार दुई वा दुईभन्दा बढी दल एकल निर्वाचन चिह्न लिएर चुनाव लड्न पाउने निर्वाचन आयोगले जनाएको छ । तर, त्यसका लागि उनीहरूले आयोगमा निवेदन दिनुपर्ने हुन्छ।
ऐनको दफा ४९ मा एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरिएको छ। जसमा दुई वा दुई भन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । अर्थात् गठबन्धन गरेका दलले कुनै एउटा दलको वा अरू कुनै पनि चिह्न लिएर चुनाव लड्न पाउँछन्।

