चुनाव घोषणा पछि पनि संसद क्रियाशील राख्नु असंवैधानिक : भीमार्जुन


काठमाडौँ-संविधानविद् डा. भीमार्जुन आचार्यले चुनाव घोषणा पनि संसद् र सांसदलाई क्रियाशील राख्नु असंवैधानिक भएको बताएका छन्।सामाजिक सञ्जाल ट्वीटमार्फत आचार्यले ‘संविधानको पालना बन्धनकारी छैन भन्ने हो भने त अविश्वासको मत वा अरू कुनै बाहनाबाट यो सरकारलाई फालेर चुनावअघि अर्को सरकार बनाए भैगो नी’ भनेका छन्।

‘चुनावको घोषणा पश्चात् पनि संसद् र सांसद्लाई क्रियाशील राख्नु असंवैधानिक, अराजनीतिक र लज्जाको काम हो। संविधानको पालना बन्धनकारी छैन भन्ने हो भने त अविश्वासको मत वा अरू कुनै बाहनाबाट यो सरकारलाई फालेर चुनाव अघि अर्को सरकार बनाए भैगो नि !’ उनले भने।

उता वर्तमान संसद भने मंसिर २१ सम्म क्रियाशील रहने निर्वाचन आयोगले जनाएको छ।

 

प्रतिक्रिया