निर्वाचनका लागि आइतबारदेखि दल दर्ताको प्रक्रिया सुरु हुने


काठमाडौं – सरकाले मंसीर ४ गते संघीय र प्रदेश सभाको चुनावका लागि मिति तय गरे लगतै निर्वाचन आयोगले दल दर्ता प्रक्रियम सुरु गर्ने भएको छ । आयोगले आइतबारदेखि नै राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिए । संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई सम्पन्न गर्ने उनको भनाइ छ

निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया