निर्वाचन घोषणा भएलगत्तै मतदाता नामावली संकलन स्थगित


काठमाडौं – निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित हुने भएको छ ।

वैशाख ३० को स्थानीय निर्वाचनपछि सुरु गरिएको मतदाता नामावली संकलन कार्य आज (बिहीबार) को मन्त्रीपरिषद्बाट आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने घोषणा गरेसँगै अन्त्य भएको हो ।

चुनाव घोषणापछि मतदाता नामावली संकलन स्थगित हुने कानूनी व्यवस्था छ । मतदाता नामावली संकलन कार्य आज  कार्यालय समयसम्म भने जारी रहनेछ ।

प्रतिक्रिया