मंकीपक्सबाट बच्न प्रभावकारी मानिने बिफरको खोप प्रयोगलाई स्वीकृति


काठमाडाैं – जापानले मंकीपक्सबाट बच्न बिफरको खोपलाई अनुमोदन गरेको छ । मंकीपक्सविरुद्ध प्रभावकारी मानिने बिफरको खोप प्रयोगलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिफरको खोप मंकीपक्सविरुद्ध ८५ प्रतिशत प्रभावकारी हुने विश्वास गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । गत महिनाको अन्त्यमा २ जना आफ्ना नागरिक उक्त रोगबाट पीडित भएपछि सरकारले खोप प्रयोगको स्वीकृति दिएको हो ।

स्वास्थ्यकर्मी, प्रयोगशालाका कर्मचारी र स्वास्थ्य केन्द्रका कर्मचारीलाई खोप उपलब्ध गराउने वा नगराउने भन्ने विषयमा निर्णय भइनसकेको उक्त मन्त्रालयले बताएको छ । देशमा विफर विरुद्धको खोपको पर्याप्त मौज्दात रहेको पनि उक्त मन्त्रालयले जनाएको छ ।

गत महिना विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आधिकारिकरूपमा मंकीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

प्रतिक्रिया