

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं – नेकपा माओवादी केन्द्रको आइतबार बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।
पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक बोलाइएको थियो । आज स्थगित बैठक साउन २५ गते बस्ने तय गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठक प्रभावित भएको हो ।

