
कांग्रेसबाट निकालिएका कर्ण मल्ल कांग्रेस बीपीमा प्रवेश गर्दै
काठमाडौँ- नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल आज नेपाली कांग्रेस (बीपी) मा प्रवेश गर्दै छन्। गंगबु आवास क्षेत्रनजिक आज दिउँसो १ बजे हुने पार्टी प्रवेश कार्यक्रममा मल्ल नेपाली कांग्रेस (बीपी) मा प्रवेश गर्ने भएका हुन्।
मल्ललाई आजै महामन्त्री पदमा मनोनयन गर्ने सम्भावना छ। मल्लले भने, ‘पार्टीले जुनसुकै भूमिका दिए पनि स्वीकार्छु। अहिले नै यो वा त्यो पद भन्ने निश्चित छैन।’ उनले स्थानीय तह निर्वाचनमा डडेल्धुराम कांग्रेस बीपीलाई सघाएका थिए।कांग्रेस बीपीले डडेल्धुरामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको थियो।
गत स्थानीय तहको निर्वाचनमा मल्ललाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै नेपाली कांग्रेसले पार्टीबाट निकालेको थियो।
डडेल्धुरा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो।



कागजपत्र |
