चिकित्सा शिक्षा आयोगक‍ो वार्षिक शैक्षिक कार्यतालिका सार्वजनिक


काठमाडौँ- चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७९/८० को वार्षिक शैक्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले एकीकृत प्रवेश परीक्षा लगायत विद्यार्थी भर्ना सम्बन्धी कार्यक्रमको तालिका सार्वजनिक गरेको हो।

आयोगले सूचना जारी गर्दै स्नातक तह प्रवेश परीक्षाको  परीक्षा सञ्चालन  माघ दोस्रो साता र नतिजा प्रकाशन माघ तेस्रो हुने जनाएको छ। स्नातक तह प्रवेश परीक्षाको सूचना भने कार्तिक तेस्रो साता प्रकाशन गर्ने सूचनामा उल्लेख छ। यस्तै स्नातकोत्तर तथा स्पेसियालिटीसहितका कार्यक्रमको परीक्षा एवं नतिजा कार्तिक तेस्रो सातालाई तोकिएको छ।
आयोगले डीएम र एमसीएच तथा सब स्पेसयालिटीसहितका कार्यक्रमको परीक्षा असोज दोस्रो साता सञ्चालन गर्ने भएको छ। कोभिडका कारण शैक्षिक कार्यक्रमहरुको कार्यतालिका समायोजन गर्दै जाँदा २०७९ पछि प्रत्येक तहगत कार्यक्रमहरु ३ महिना अगाडि सर्न सक्ने आयोगले जनाएको छ।

प्रतिक्रिया