लेकाली खर्कमा सुरु भयाे चौँरीको आलाे रगत पिउने मेला


म्याग्दी – मुस्ताङको लेकाली खर्कमा चौँरी गाईको मेला लागेको छ । थासाङ गाउँपालिका-२ मार्चे र मुलीखर्क तथा घरपझोङ ५ नमखुलेक खर्कमा चौँरीको रगत पिउने मेला आयोजना गरिएको हो ।

हिमाली क्षेत्रमा पालिएका चौँरीको घाँटीबाट निकालेको आलो रगत पिउनका लागि मेला भर्न मानिसहरूको भिड लागेको छ । गएको बुधवारदेखि लगाइएको चौँरीको रगत पिउने मेलामा मुस्ताङसहित म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, स्याङ्जा, काठमाडाैं र चितवनलगायतका जिल्लाबाट मानिसहरू पुगेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण गएको दुई वर्ष रोकिएको मेला यस वर्ष आयोजना गरिएको हो ।

प्रतिक्रिया