
नेकपा विप्लव समूहले गर्यो महाधिवेशनको घोषणा
काठमाडौं – नेकपा नेत्रविक्रम चन्द‘विप्लव’ समूहको ९ औं महाधिवेशन असोज १ गते काठमाडौंको खुलामञ्चमा हुने भएको छ ।
एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ गरौं भन्ने मुल नाराका साथ महाधिवेशन गर्न लागिएको हो ।
पार्टीबाट धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओली बाहिरिएपछि पहिलो पटक विप्लव समूहले महाधिवेशन गर्न लागेको हो ।
पार्टी राजनीतिक, वैचारिक र सांगठनिक रुपमा सुदृढ बनाउने उद्देश्य लिएको छ ।



कागजपत्र |
