श्रीलंकाको प्रधानमन्त्रीमा गुणवर्देना नियुक्त


कोलम्बो – संकटग्रस्त श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा दिने गुणवर्देना नियुक्त भएका छन् । राष्ट्रपति रनिल विक्रमासिंघेले बिहीबार सपथ खाएपछि ६३ वर्षिय दिनेश गुणवर्देनालाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनले आजै पद तथा गोपनियताको सपथ लिएका छन्।

गुणवर्देनाले यसअघि विदेश मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। केही समयअघि राष्ट्रपति गोटवाया राजापाक्षेले उनलाई  गृह मन्त्री नियुक्त गरेका थिए।

गुणवर्देना श्रीलंकाको वामपन्थी पार्टी महाजन एकसाथ पेरामुनाका अध्यक्ष हुन्। उनको पार्टीका संसदमा २ जना सांसद छन्।

प्रतिक्रिया