साउनबाट छुट्टाछुट्टै दिनमा कुहिने र नकुहिने फोहोर संकलन हुने


काठमाडौँ- साउन १ बाट काठमाडौँ महानगरपालिकाले छुट्टाछुट्टै दिन कुहिने र नकुहिने फोहोर संकलन गर्ने भएको छ। महानगरबासीलाई कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै स्थानमा राख्‍न अनुरोध गरेको छ।

सूचना जारी गर्दै महानगरले कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ।

तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ। कामपाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो।

प्रतिक्रिया