राष्ट्रपति भण्डारीद्वारा आबेको हत्याप्रति दुःख व्यक्त


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा दुःख व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमा ट्वीट गरी आबेप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेकी हुन्। यस दुःखद् घडीमा उनले मैत्रीपूर्ण जापानी जनता र स्वर्गीय आबेको परिवारजनमा समवेदनसमेत प्रकट गरिन्।

आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानी हत्या भएको थियो। यस दुःखद् घडीमा आज नेपाल सरकारले पनि देशभर शोक मनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया