मधेसी र मुस्लिम आयोगद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेश
काठमाडौं – मधेसी र मुस्लिम आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
बुधबार शितल निवास पुगेर आयोगका पदाधिकारीहरुले छुट्टा–छुट्टै प्रतिवेदन पेश गरेका हुन् ।
मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त र मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका छन् ।