डि मारिया युभेन्टसमा अनुबन्धित


काठमाडाैँ- र्जेन्टाइन विंगर एन्जेल डि मारिया युभेन्टसमा अनुबन्धित भएका छन्। पीएसजीबाट फ्रि ट्रान्सफरमा उनी एक वर्षको लागि युभेन्टससँग जोडिएका हुन्।

२४ वर्षीय मारियाले सात वर्षपछि पीएसजी छाडेका हुन्। उनी सन् २०१५ मा पीएसजीमा अनुबन्धित भएका थिए।
पीएसजीमा रहँदा उनले आफ्नो टोलीलाई पाँचपटक फ्रेन्च लिगको उपाधि जिताएका थिए।

यो क्रममा उनले २९५ खेलबाट ९२ गोल गरेका थिए।

प्रतिक्रिया