

बुढीगंगामा मतगणना : एमाले अघि-अघि, कांग्रेस पछि-पछि

काठमाडौँ- बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनपछि जारी मत गणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्।
पछिल्लो अध्यावधिक मतपरिणामअनुसार मेयर पदमा एमालेका उम्मेदवारले ४३९ मतको अग्रता लिएका छन्।
नेकपा एमालेका उम्मेदवार राम बहादुर बानियाँले १ हजार ३४५ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रंग बहादुर खाती ८८६ मतका साथ बानियाँलाई पछ्याइरहेका छन्।
उपमेयरमा नेकपा एमालेकै उम्मेदवार माया कुमारी खड्का(कुवँर)ले १ हजार २९० मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी रिता शाहीले ९१९ मत प्राप्त गरेकी छन्।
वडा नम्बर १ र १० को मत गणना सकिएकोमा दुवै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अहिले २ नम्बर वडाको मतगणना भइरहेको जनाइएको छ।

