नियुक्त भएको ४ वर्षपछि उच्च अदालतकी न्यायाधीश शाह बर्खास्त


काठमाडाैं – उच्च अदालत तुलसीपुर बुटवल इजलासकी न्यायाधीश रेणुका शाह बर्खास्त भएकी छन् । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

उच्च अदालतको न्यायाधीश बन्न योग्यता नै नपुगेको उजुरीमाथि छानबिन गरेर न्याय परिषद्ले उनलाई बर्खास्त गरेको हो। उनी २०७५ मा उच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्।

प्रतिक्रिया