
जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा आज नेपालमा पनि राष्ट्रिय शोक मनाइँदै
काठमाडौँ- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। हिजो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गोली प्रहारबाट ज्यान गुमाएका आबेको निधनमा राष्ट्रिय शोक बनाउने निर्णय गरेको हो।
‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ,’ मन्त्रिपरिषद् निर्णयमा भनिएको छ,’उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ। नेपाल सरकारले स्वर्गीय आवेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।’



कागजपत्र |
