

ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण पुष्टि

ललितपुर – ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
महानगरका प्रवक्ता राजु महर्जनका अनुसार शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनको अवस्था सामान्य छ । उनी घरमै आराम गरिरहेका छन् ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ ।

