

देशभर थप ९८ जनामा कोरोना पुष्टी, २७ जना संक्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ९८ जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१४५ नमूनामा उक्त संख्यामा कोरोना पोजेटिभ पुष्टी भएको हो ।
यससँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ सय ६४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घन्टामा थप २७ जना कोरोना संक्रमण मुक्त भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६२ हजार ९ सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

