

नयाँ नागरिकता विधेयक ल्याउन प्रधानमन्त्री देउवाले बोलाए मन्त्रीपरिषद् बैठक

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद बैठक आह्वान गरेका छन् ।
नयाँ नागरिकता विधेयक ल्याउनेबारे छलफलका गर्न मन्त्रीपरिषद् बैठक बस्ने भएको हो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले साँझ ५ बजे बैठक आह्वान गरेका हुन् ।
बैठकमा नयाँ नागरिकता विधेयकबारे छलफल हुने बताइएको छ ।

