अन्तर्घातीलाई कारबाही गर्न राईको नेतृत्वमा समिति गठन गर्न प्रचण्ड प्रस्ताव


काठमाडौं – नेकपा माओवादी केन्द्रले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ ।

पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न छानबिन समिति बनाइने बताए ।

केन्द्रीय समितिको बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राखेका हुन् । नेकपा माओवादी केन्द्रले अन्तर्घातीलाई कारबाही गर्न छानबिन समिति बनाउने भएको छ ।

पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न छानबिन समिति बनाइने बताए । उनले संघीय निर्वाचनमा हुन सक्ने थप क्षतिलाई रोक्न १५ दिनमै प्रतिवेदन दिनेगरी छानबिन समिति बनाइने प्रचण्डले बताए ।

प्रतिक्रिया