

इदका कारण सर्यो जसपाको उपेन्द्र पक्षको बैठक

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले बोलाएको केन्द्रीय समिति बैठक १ दिन पर सरेको छ ।
असार २८ गते हुने भनिएको बैठक मुस्लिम समुदायको पर्व बकर इदका कारण सरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
अब केन्द्रीय समिति बैठक असार २९ र ३० गते हुनेछ । बैठक वीरगञ्जको टाउन हलमा बिहान ११ बजेदेखि हुने प्रेस नोटमा उल्लेख छ। जसपामा विवादकै कारण संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक डाकेका थिए। दुई नेताले पार्टी विभाजन गर्ने सहमति पनि गरिसकेका छन्।

