छुटेका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह


काठमाडौं- सरकारले कोरोनाविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ।

सरकारले ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई यही असार ९ देखि कोभिड–१९ विरुद्धको खोप दिन सुरु गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई लगाउन आग्रह गरेको हो।

‘पहिलो चरणअन्तर्गत २७ जिल्लामा यो खोप कार्यक्रम सुरु भए पनि कतिपय पालिकाले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिइरहेका छन्,’ मन्त्रालयले भनेको छ, ‘नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क राखेर आफ्ना बालबालिकालाई खोप लगाउन अनुरोध छ।’

प्रतिक्रिया