

दक्षिणकालीमा एक महिला मृत फेला

काठमाडौं – काठमाण्डौको दक्षिणकाली नगरपालिका २ ग्वाल दहमा एक महिला मृत भेटिएकी छिन् ।
अन्दाजी ५० वर्षकी पार्वती परियार मृत भेटिएको प्रहरीले जनाएको छ । परियारको ठेगाना खुलेको छैन ।
घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरीका कार्यालय फर्पिङले जनाएको छ ।

