अध्यक्ष थापा भन्छन् – प्रत्यक्ष निर्वाचित प्रणालीबाट प्रधानमन्त्री कायम गरौँ


काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गर्नु पर्ने बताएका छन् ।

उनले स्थिरता र बलियो सरकारको चाहना बमोजिम नागरिकले तत्कालिन नेकपालाई भण्डै दुई तिहाई मत दिए पनि सरकार तीन बर्ष टिक्न नसकेको बताएका छन् । अस्थिरताकै कारण आलोपालो मन्त्री बन्ने प्रथा चलेको समेत बताए ।

सामाजिक संजालमा लेख्दै अध्यक्ष थापाले स्थिरता र बलियो सरकार भए देश विकास हुन्छ भन्ने आशमा जनताले नेकपालाई करिब दुईतिहाइ सिट दिएको तर, सरकार तीनवर्ष टिक्न सकेन, परमादेशबाट सरकार बनेको छ, नेकपा तीनटुक्रा भयो, आलोपालो मन्त्री बन्ने प्रथा चलेको भन्दै आपत्ति जनाए ।

यस्ता विकृति अन्त गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालि कायम गरौँ भनि अपिल गरेका छन् ।

प्रतिक्रिया