
एकीकृत समाजवादीले भन्यो : बागमतीको मुख्यमन्त्री छोड्नु परे अर्को प्रदेशमा मुख्यमन्त्री नै चाहियो
काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले वाग्मती प्रदेश सरकारको नेतृत्व छाड्नुपरे अर्को प्रदेशमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने निष्कर्ष निकालेको छ।
शनिबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बसेको वाग्मती प्रदेश संसदीय दलको बैठकले आफ्नो पार्टीले अहिलेझैँ कम्तीमा दुई प्रदेशको नेतृत्व पाउनुपर्ने निष्कर्ष निकालेको हो। नेता–कार्यकर्ताको व्यवस्थापनका लागि सबै पार्टीले अहिलेझैँ प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने एकीकृत समाजवादीको धारणा छ।
‘काहीँ न काहीँ अवसरहरूको बाँडफाँड त हुन्छ नि! वाग्मती नभए अर्को ठाउँमा होला। दुई ठाउँमा हाम्रा अहिले मुख्यमन्त्रीहरू हुनुहुन्छ, १ नम्बर र वाग्मतीमा। यस्तै अरू कहीँ दुई ठाउँमा पाउनुपर्ने होला,’ पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘कांग्रेसको पनि दुई ठाउँमा छ, उसले पनि चेन्ज गरेर दुई ठाउँमा लिने इस्यु मिलाऔँ भन्ने छ।’
केन्द्रीय सत्ता गठबन्धनका दलहरूबीच छलफल गरेर सातै प्रदेशका बारेमा एउटा धारणा बनाउनुपर्ने उनले बताए ।



कागजपत्र |
