
आजको मौसम : धेरै ठाउँमा भारी वर्षा, बाढी र पहिरोको जोखिम उच्च
काठमाडौं- देशका विभिन्न क्षेत्रमा गएराति देखि नै वर्षा भइरहेको छ। केही क्षेत्रमा भारी वर्षासमेत भएको छ। आज बिहान, गण्डकी प्रदेश, कर्णाली प्रदेश रसुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सfमान्यता सफा रहनेछ। प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
पूर्वका विभिन्न स्थानमा र पश्चिमका पहाडी तथा हिमाली भूभाग लगायतका साना खोलामा बाढीको जोखिम रहेको छ। महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउनु पर्ने जनाएको छ। सो क्षेत्र भएर बग्ने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रमा बस्ने स्थानीयले उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाले जोड दिएको छ।



कागजपत्र |
