यस्तो छ विदेशी लगानीकर्ताले पाउने भिसा


काठमाडौं – विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमार्फत कस्ता प्रकारका विदेशी लागानीकर्ताले कति समयको भिसा पाउने भनी थप प्रस्ट्याएको छ ।

भिसा सम्बन्धी नयाँ व्यवस्थाअनुसार नेपालमा १० करोड वा सो भन्दा बढी लगानी गर्ने र लगानीको २५ प्रतिशत रकम लगानी भित्र्याइसकेको अवस्थामा लगानीकर्ता वा प्रतिनिधि दुई जना व्यक्तिलाई व्यवसायिक भिसा उपलब्ध गराईने छ । त्यस्तै लगानीको ५० प्रतिशत लगानी बराबरको लगानी स्वदेशमा कायम रहेसम्म ती व्यक्तिले आवासीय भिसा प्राप्त गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

विदेशी लगानी ऐन कार्यन्वयन हुनुभन्दा अघि स्वीकृत भएको लगानीकर्ताको हकमा लगानी स्वीकृत हुँदाको बेला तोकिएको न्युनतम् रकमलाई न्युनतम् कुल लगानीयोग्य कायम गर्नु पर्नेछ । विदेशी लगानी स्वीकृत गर्ने निकायमै लगानीकर्ता र सम्बन्धित अधिकारीले भिसाको लागि आवेदन गर्नुपर्ने पनि नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया