

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौँ – नेपाली बजारमा निरन्तर घट बढ भइरहेको सुनको मुल्य आज ८०० रुपैयाले घटेको छ ।
बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२४५ रहेको महासंघले जनाएको छ ।

