
तनहुँमा बलेरो र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु
तनहुँ – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको देउरालीमा बलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नामथर वतन नखुलेका मोटरसाइकल चालक अन्दाजी २६/२७ वर्षका पुरुष रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवाराज खड्काले जानकारी दिए ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको बलेरोले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकलको पछाडी सवार एक जना घाइते भएका छन् । घाइतेको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
