एमालेसँग एकता गर्न एकीकृत समाजवादीले अघि सार्यो यस्ता सर्त


काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा एमाले तथा वामपन्थी एकताका लागि विभिन्न सर्त अघि सारेको छ।
पाँचदलभन्दा बाहिरका दलहरुसँग पनि एकता र सहकार्यको ढोका अघि सारेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार नेकपा एमालेसँग पनि सहकार्य गर्न सकिन्छ। तर त्यसका लागि विभिन्न सर्तहरु भने अघि सारेको छ।

उनका अनुसार नेकपा एमालेले अदालतमा दर्ता गरेको मुद्दा फिर्ता लिएर नेकपा एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिएर निर्णय गरेमा सहकार्य सम्भव छ। एमालेले संसद विघटनलगायतका विषयमा आत्मालोचना गरेर प्रष्टरुपमा आउनुपर्ने र त्यस्ता हर्कतका बारेमा स्पष्ट धारणा राखेमा मात्रै सहकार्यको अवस्था बन्न सक्छ।

उनले अहिले एमालेसँगको संवाद आफूहरुको एजेन्डामा नरहेको बताए।

प्रतिक्रिया