पुर्पक्षको लागि थुनामा रहेका युवकको मृत्यु


सिन्धुपाल्चोक – जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षकोलागि थुनामा रहेका युवकको मृत्यु भएको छ ।

पुर्पक्षको लागि थुनामा रहेका सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५ का ४९ बर्षिय मइते गोलेको मृत्यु भएको हो ।

बिहान १० बजे रिंगटा लागेर ढलेका गालेलाइ उपचारको लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्युु भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत कात्तिक महिनामा प्रहरीले गोलेलाइ पक्राउ गरि थुनामा राखेको थियो ।

प्रतिक्रिया