जुत्ताभित्र आठ ग्राम खैरो हिरोइन


नेपालगञ्ज – इलाका प्रहरी कार्यालय, जमुनाहा र लागू औषध नियन्त्रण ब्यूरोको टोलीले भारतबाट खैरो हिरोइन बोकेर आएका युवालाई पक्राउ गरेको छ ।

भारतको रुपैडिहाबाट पैदल नेपाल प्रवेश गरेका दाङ लमहीका किरण कुमाललाई जमुनाहा प्रहरीले नियन्त्रणमा लिएको हो ।

किरणले दाहिने जुत्ताभित्र आठ ग्राम ५ सय मिलिग्राम खैरो हिरोइन राखेका थिए । प्रहरीले शंका लागेर जाँच गर्दा खैरो हिरोइन फेला परेको थियो ।

प्रतिक्रिया