रवि लामिछाने र रमेश खरेलबिच भेटवार्ता


काठमाडौं – नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबिच भेटवार्ता भएको छ । उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ ।

सुशासन पार्टीले आफ्नो फेसबुक पेजमा तस्बिरसहित भेटघाटको जानकारी गराएको हो । दुई पार्टी पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको सुशासन पार्टीले जनाएको छ ।

नेपाल प्रहरीका पूर्व डिआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौँ-१ बाट उम्मेदवारी दिने तयारीमा छन् । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछाने भने पार्टीलाई निर्वाचन आयोगबाट बैधानीकता पाएपछि आफु कहाँबाट उम्मेदवारी दिने भन्ने कुरा खुलाउने बताएका छन् ।

प्रतिक्रिया