बुढानिलकण्ठको निर्माणाधीन घरमा फेला परिन् मृतावस्थामा एक महिला


काठमाडौं – काठमाडौंको बुढानीलकण्ठको भंगालमा मृतावस्थामा एक महिला फेला परेकी छिन् ।

बुधबार दिउँसो बुढानीलकण्ठ नगरपालिका ८ भंगाल एक निर्माणाधीन घरभित्र ४० वर्षीय फूलमाया सुनारको शव फेला परेको हो। हत्याको आशंकामा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ। निर्माणाधीन घरको भुँइ तल्लामा शव भेटिए पछि सो निर्माणाधीन घरको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

घटना भएको समयमा उनी निर्माणाधीन घरको माथिल्लो तल्लामा थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया