पहिलो पटक नेपाल प्रहरीका चार महिला एसएसपी डीआईजीका लागि सिफारिस
काठमाडौं- गृह मन्त्रालयले गएराति नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको छ। बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो। जसमध्ये चारजना महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन्।
०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना डीआईजी बढुवा सिफारिसमा परेका हुन्। अब उनीहरू चारै जना डीआईजी बन्ने बलियो सम्भावना छ।
प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन्। यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए। अहिले चारजना डीआईजी सिफारिस भएसङै प्रहरीमा नयाँ इतिहास बनेको छ । प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन् ।
पूजा सिंह अहिले एआईजी छन् । अहिले डीआईजी बनेकाहरु हालका आईजीपी धीरजप्रताप सिंहपछि आईजीपी बन्न प्रतिस्पर्धामा हुनेछन् ।