आफ्नो राजनीति कस्तो हुने आज घोषणा गर्दै रवी लामिछाने


काठमाडौं। सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गर्ने तयारी गरेका छन्।
आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको छ।

ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन्। तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन्।

पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेका हुन्। संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ। रवि स्वयम् भने प्रत्यक्षमा नै लड्नेछन्।

रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन्। ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उनले यो कार्यालय खोलेका हुन्।

 

प्रतिक्रिया