


जिसस सिरहामा एमाले र जसपाको प्यानल विजयी

सिरहा- जिल्ला समन्वय समिति सिरहामा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) को प्यानल विजयी भएको छ।
सोमबार सम्पन्न निर्वाचनबाट समन्वय समितिको प्रमुखमा जसपाका दिनेशकुमार महतो र उपप्रमुखमा एमालेका दिलीप लामा विजयी भएका हुन्।
प्रमुख महतोले २६ र उपप्रमुख लामाले २५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए।
प्रमुख पदका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का मनोजकुमार गुप्ताले सात र उपप्रमुखका नेकपा (एकीकृत समाजवादी) का राजेश्वरकुमार यादवले सात मत प्राप्त गरे।
जिल्ला समन्वय समितिको सदस्यहरुमा गीताकुमारी पासवान, सोनावतीकुमारी महरा, जानकीकुमारी यादव, शोभाकुमारी यादव, सुरेश यादव, गीता पासमान, सोनावती महरा, सूर्यनाथ यादव र रवीन्द्रकुमार महतो विजयी भएका छन्।

