

स्थानीय निर्वाचनको परिणामपछि गठबन्धन फुटाउने प्रयास सुरु भयो : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले स्थानीय निर्वाचनको परिणामपछि झस्किएर गठबन्धन फुटाउने प्रयास सुरु भएको बताएका छन् ।
गठबन्धन केका लागि थियो किन थियो भन्ने कुरा प्रमाणित हुँदै आएको छ भन्दै संविधान माथि पटकपटक प्रहार भएकाले कांग्रेस नेतृत्वमा जारि भएको संविधान जोगाउन परिस्थितिले गठबन्धनमा जानू परेको बताएका छन् ।
कांग्रेसका केही जित्ने साथि हरुले गठबन्धन का कारण अवसर नपाए पनि ब्यवस्था जोगाउन गठबन्धन जानू परेको समेत बताए । स्थानीय निर्वाचनको नतिजाले कांग्रेस पहिलो पाटि बनेको छ भन्दै अब फेरि आउदै गरेको निर्वाचनमा अझै मेहनत गरेर ठुलोपार्टी बनाउन जनतामा जानू पर्ने बताएका छन् ।
आज काभ्रेको बनेपामा नेपाली कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको बधाई शुभकामना कार्यक्रममा बोल्दै नेता सिहले अहिले आई एसपिपि का बिषयमा हुदैनभएको बिषय उचालेर कांग्रेस माथि प्रहार भैरहेको समेत बताए । बिपक्षी दलले आफु सतामा हुदा पत्र लेख्ने अनि एसपिपिको नाउमा गठबन्धन फुटाउन सकिन्छ कि भनेर प्रयास गरेको बताएका छन् ।
कांग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता नगर्ने भन्दै प्रधानमन्त्रीले पटक पटक आफू राष्ट्रको अहितहुने कुनै पनि सम्झौता गर्दिन भनिरहदा समेत हैन यो सम्झौता भएकै छ भन्नू अनि नियोजित तरिकाले १० बुदे डाफ्ट सार्वजनिक गर्नुले बिपक्षी दल आफै फसिसकेको समेत बताएका छन् ।
जुन पाटिले लोकतनत्रका लागि यतिका योगदान गर्छ उहीँ पार्टीले मुलुक र जनताको अहित हुने काम गर्छ भनेर आरोप लगाउनु असोभनिय हुने समेत बताए ।
कांग्रेस पार्टीले मात्रै मुलुकको हित गर्न सक्ने भन्दै कांग्रेस पार्टी भित्रको आन्तरिक एकता बलियो भएमात्र लोकतन्त्र बलियो हुने भन्दै पार्टीभित्र एकता कायम राखेर विधि पद्धतिमा कांग्रेस पाटी संचालन गर्न सबैको ध्यान केन्द्रित गर्नु पर्ने बताएका छन् । निर्वाचनका जन प्रतिनिधिले पार्टीका कमिटिसीत छलफल र सुझाव लियर काम गर्न र पार्टी कमिटिले निर्वाचित जनप्रतिनिधि लाई सहयोग गरेर अघि बढ्न समेत आग्रह गरेका छन् । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गणेश लामा बाग्मती प्रदश महामन्त्री कन्चन चन्द्र बादे, नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति तिर्थ लामा, बनेपा नगर पालिकाका मेयर शान्ति कृष्ण शाक्य लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रम बनेपा नगरमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

