दाङमा प्रहरी हुँ भन्दै पैसा असुलेको आरोपमा युवक पक्राउ


दाङ – दाङमा प्रहरीको सई हुँ भन्दै पैसा असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ का २५ वर्षीय अर्जुन थापा मगर रहेका छन् ।

थापाले घोराही उपमहानगरपालिका-१४ मा विभिन्न पसलमा आफू प्रहरीको सई भएको भन्दै धम्काएर पैसा असुल्ने ९माग्ने० गरेका प्रहरीले जनाएको छ ।

बिहीबार राति सई हुँ भन्दै बजारमा पैसा माग्दै हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेले बताए । उनीमाथि थप कानुन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया