एआईजी धानुकले सम्हाले उपत्यका प्रहरी प्रमुखको कार्यभार


काठमाडौं – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र धानुकले उपत्यका प्रहरी प्रमुख रानीपोखरीको जिम्मेवारी सम्हालेका छन् ।

एआईजी धानुकलाई सरकारले उपत्यका प्रहरी प्रमुखमा पदस्थापन गरेको थियो ।

धानुक गत चैत १ गते वर्तमान प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँगै प्रहरी नायब महानिरीक्षक (डिआईजी) बाट एआईजीमा बढुवा भएका थिए ।

यसअघि राजधानीका दुई जिल्ला काठमाडौं र ललितपुर परिसरको कमाण्ड सम्हालेको अनुभव भएका धानुकको उपत्यका प्रहरी प्रमुखमा पदस्थापनसँगै राजधानीको सुरक्षा व्यवस्था चुस्त दुरुस्त हुने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया